काठमाडौँ, ७ वैशाख। जिल्ला प्रशासन कार्यालय काठमाडौँले जिल्लाका सात स्थानलाई मात्र विरोध प्रदर्शन तथा सार्वजनिक कार्यक्रमका लागि खुला भनेर तोकेको विषयमा विवेकशील साझा पार्टीले ध्यानाकर्षण भएको जनाएको छ ।

उक्त निर्णयले शान्तिपूर्णरुपमा आयोजना गरिने जनप्रदर्शन कार्यक्रमलाई कमजोर पार्ने गरी अर्थयाएको साझा पार्टीद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।

“पछिल्ला समयमा कयौं भद्र आन्दोलनको प्रतिक बनेको माइतीघर मण्डलालाई समेत निषेधित क्षेत्रमा पार्ने गरिआएको यस निर्णयलाई अविलम्ब फिर्ता लिन हामी सरकार समक्ष जोडदार माग गर्दछौं” सो पार्टीका प्रवक्ता रमेश पौड्यालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नेपालको संविधानले व्यवस्था गरेको स्वतन्त्रताको हकको विरुद्ध हुने गरी उक्त निर्णय आएको भन्दै साझा पार्टीले निर्णयबाट सरकारलाई जिम्मेवार र जवाफदेही बनाउने माध्यमका रूपमा शालीन एवं भद्र विरोध अपनाउनेलाई चिन्तित समेत तुल्याएको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!