भक्तपुर, ६ वैशाख। भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको अन्तिम रात अर्थात् आज बिहान २ः१५ बजे भक्तपुर नगरपालिका–३ तौमढीमा जात्राको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई लक्ष्य गरी ढुंगा हानेर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले ११ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भक्तपुर–२ खसीबजार बस्ने २२ वर्षीय विजय सुवाल, २६ वर्षीय सुमन कासुला, भक्तपुर–१० कमलविनायक बस्ने २३ वर्षीय मनिष मकाजु, ३१ वर्षीय सुनिल गुरुङ, भक्तपुर–४ बस्ने १८ वर्षीय मनिष छुकाँ, १८ वर्षीय सन्नी छुकाँ, २८ वर्षीय अर्जुन गपी, २२ वर्षीय लम्मीप्रसाद दुवाल, भक्तपुर–५ इताछें बस्ने २६ वर्षीय सुरेन्द्र देशेमरु, १८ वर्षीय सशिस पन्च र भक्तपुर–३ नासमना बस्ने ३८ वर्षीय सबिन श्रेष्ठ रहेका छन् ।

Advertisement

त्यस्तै, जात्रामा हतियारसहित सहभागी भएर जात्रा बिथोल्न खोजेको आरोपमा प्रहरीले भक्तपुर–४ सुकुलढोका बस्ने १८ वर्षीय साजन माक र सूर्यविनायक नपा–६ बस्ने १६ वर्षीय समन भेलेलाई खुकुरी र हातमा लगाउने औँठी जस्तो नोकसमेत लिई जात्रा अशान्त बनाउन खोजेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका सबैमाथि थप अनुसन्धान जारी राख्दै कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक मदन केसीले जानकारी दिनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!