काठमाडौँ, ४ वैशाख । नेपाल पत्रकार महासंघ प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन र प्रेस सेन्टर नेपालले तालमेल गर्ने सहमति गरेका छन् ।

Advertisement

तीन संस्थाका पदाधिकारीको आज बसेको बैठकले भौगोलिक सात र गैरभौगोलिक तीन गरी १० प्रदेशका नेतृत्व र कार्यसमितिमा सहमतिका साथ उम्मेदवारी दिने निर्णय गरेका छन् ।

यही वैशाख २२ गते हुने प्रदेश समितिको अधिवेशनमा प्रेस चौतारीले पाँच, प्रेस युनियन दुई र प्रेस सेन्टरले तीन प्रदेशको नेतृत्व लिने सहमति गरेको युनियनका उपमहासचिव भीष्मराज ओझाले जानकारी दिनुभयो ।

सबै प्रदेश सिमितिका पदाधिकारी र सदस्यमा तीनै संस्थाले भागबण्डा गरी उम्मेदवारी दिने निर्णय गरेको जनाइएको छ । उक्त सहमतिपत्रमा चौतारीका अध्यक्ष गणेश बस्नेत, युनियनका अध्यक्ष बद्री सिग्देल र सेन्टरका अध्यक्ष महेश्वर दाहालले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सहमतिअनुसार तीनै संस्थाले आजैका मितिदेखि लागू हुने गरी आ–आफ्नो मातहतका समितिलाई निर्देशन दिएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!