
काठमाडाैँ, ३ वैशाख। सिरियामाथि अमेरिकाले गरेको हमलाका सम्बन्धमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले कडा चुनौति दिएका छन् । राष्ट्रपति पुटिनले आइतबार चुनौति दिँदै यदी अमेरिकाले पुनः सिरियामा कुनै सैन्य आक्रमण गरे चुप नबस्ने चुनौति दिएका हुन् ।
सिरियाको डूमामा भएको रासायनिक हमलापछि शनिबार अमरिका फ्रान्स र ब्रिटेनले सिरियामा संयुक्त रुपमा बमबारी गरेका थिए । रूसले आधिकारिकरुपमा पहिले पनि सिरियमाथिको कारबाहीको आलोचना गरेको थियो । तर यसरी राष्ट्रपति पुटिनले चेतावनी दिएको भने यो पहिलो पटक हो ।
रूसको राष्ट्रपति कार्यालयद्वार जारी विज्ञप्तीमा भ्लादिमिर पुटिनले कडा शब्दमा भनेका छन्, ‘यदी संयुक्त राष्ट्रसंघको नियम उल्लंघन गर्दै बारम्बर रसियामाथि आक्रमण जारी रहे अन्तर्राष्ट्रिय सम्बन्धमा अराजकताको अवस्था सिर्जना हुने छ ।’
श्रोतका अनुसार शनिबार सिरियामा भएको हमलाका सम्बन्धमा पुटिन र इरानका राष्ट्रपति हसन रुहानीबीच पनि टेलिफोन वार्ता भएको छ ।


















