धनगढी, ३० चैत । रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताको फाइनलमा अहिले टिम चौराह धनगढी र काठमाडौँ गोल्डेन्सबीच खेल भइरहेको छ ।

Advertisement

रु २५ लाख पुरस्कारका लागि प्रदेश नं ७ को संघीय इकाइ प्रहरी कार्यालयको खेल मैदानमा प्रतिष्पर्धा भइरहेको छ । टस जितेपछि धनगढीले ब्याटिङ गरिरहेको छ । धनगढी डिपिएलको गत संस्करणको विजेतासमेत हो ।

बिहीबार महेन्द्रनगर युनाइटेडलाई काठमाडौँ गोल्डेन्सले पाँच विकेटले हराउँदै फाइनलमा प्रवेश गरेको थियो । यस्तै प्ले अफअन्तर्गत गत मंगलबार पहिलो क्वालिफायरमा काठमाडौँलाई एक विकेटले हराउँदै धनगढीले फाइनलको यात्रा तय गरेको थियो ।

धनगढीको कप्तानी सोमपाल कामीले तथा काठमाडौँको नेतृत्व ज्ञानेन्द्र मल्लले गरिरहेका छन् । धनगढी प्रिमियर लिग गत चैत १७ गतेदेखि शुरु भएको हो । प्रतियोगिताको उपविजेताले रु १० लाख पुरस्कार प्राप्त गर्नेछ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!