एजेन्सी

भारतको महाराष्ट्रकम आफ्ना प्रेमीसँग एक होटलमा पुगेकी युवतीको सेक्स पावरको औषधीको अधिक मात्राका कारण मृत्यु भएको भारतीय समाचार माध्यमले बताएको छ ।

Advertisement

स्रोतका अनुसार सूई लगाउने बित्तिकै युवतीको स्थिती बिग्रिएपछि उनका प्रेमीले उनलाई होटलमा नै छोडी फरार भएका थिए । पुलिसले उनको खोजी गरिरहेको बताएको छ ।

पुलिसका अनुसार भारतको अमृतनगरस्थित रशिद कम्पाउन्डमा बस्ने २९ वर्षीया युवती गत आइतबार अशोका होटल पुगेकी थिइन् । त्यहाँ युवतीले सेक्स पावर बढाउने सूई लगाएको पुलिसले बताएको छ ।

इन्जेक्शनको डोज धेरै भएका कारण उनको स्थिती खराब  भएपछि प्रेमीले होटलको कोठामा नै छोडेर गएको पुलिसले जानकारी दिएको छ । केही समयपछि होटलका कर्मचारीले ढोका खोलेर हेर्दा युवती बेहोस भएको स्रोतले जानकारी दिएको छ ।

पुलिसका अनुसार गम्भीर अवस्थामा अस्पताल पुर्याइएकी उनको प्राथमिक उपचारपश्चात् होस आएको र उनले आफ्नो नाम, ठेगाना डाक्टरलाई बताएकी थिइन् तर उनको केही समयपछि अचानक मृत्यु भयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!