काठमाडौं, २९ चैत्र । पतिले पत्नीको सहमतिविना यौनसम्पर्क राखेमा पतिले वैवाहिक बलात्कार गरेको नठहरिने भारतको एक अदालतले ठहर गरेको छ । गुजरातको उच्च न्यायालयले पत्नी १८ वर्षभन्दा माथिको उमेर भए उनको सहमतिबेगर गरिने यौनसम्पर्कलाई वैवाहिक बलात्कार मान्न नसकिने जनाएको हो ।

Advertisement

पतिले गर्ने बलात्कारको अपराध भारतको इन्डियन पेनल कोड (आइपिसी)को खण्ड ३७५ अन्तर्गतको अपराध नहुने न्यायाधीश जेबी पर्दिवालाले बताए । सो धारामा बलात्कारबारे व्याख्या गरिएको छ । महिलाले आफ्ना श्रीमान्लाई बलात्कारविरुद्ध अभियोग लगाउन सक्ने कानुन सक्रिय नभएको उनको भनाइ छ ।

वैवाहिक बलात्कारबारे विश्वभर भएका कानुनी व्यवस्थाबारे चर्चा गर्दै व्यवस्थापिका संसद्ले वैवाहिक बलात्कारलाई अपराध मान्नुपर्ने उनले बताए । आइपिसीको खण्ड ३७७ बमोजिम कुनै पनि पत्नीले आफ्ना पतिको अस्वाभाविक सेक्सविरुद्ध आपराधिक कारबाहीविरुद्ध मुद्दा चलाउन सक्ने उच्च न्यायालयले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!