हिजोआज प्लास्टिक तथा स्टिलको भाँडा बढी चल्तीमा छन् । माटाको भाँडालाई धेरैले प्रयोगमा ल्याउँदैनन् । फेरि अचेल पहिले पहिलेजस्तो माटाको भाँडा निर्माण पनि त्यति हुँदैन । परम्परागत माटाका भाँडा चलनबाटै हराउने क्रममा छ ।

Advertisement

गर्मी महिनामा माटाको घ्याम्पो, भिउँट तथा गाग्रोमा राखिएको पानीको मीठास धेरैको मनस्मृतिमा ताजै होला । हरर्र बास्ना आउने, शीतल अनि आनन्ददायक माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका दृष्टिले समेत उत्तिकै लाभदायक छ । धेरैलाई यसको जानकारी नहुनसक्छ । हेरौं के के छन् त यसका फाइदाः

-माटाको भााडामा राखिएको पानी प्राकृतिक रूपमै चिसो हुन्छ जब कि फ्रिजको पानी चिसो बनाउन बिजुलीको प्रयोग हुन्छ । फ्रिजमा राखिएको पानी बढी चिसो हुने तथा स्वास्थ्यमा नकारात्मक असर पार्ने खालको हुन्छ । माटाको भाँडो प्रयोग गरियो भने बिजुलीको खपत कम हुन्छ, पैसा वचत हुन्छ र त्यही पैसाले माटाको भाँडो किन्दा माटाको भाँडो बनाएर गुजारा चलाउनेहरूलाई फाइदा पुग्छ ।

-माटाको भाँडोमा माटोमा पाइने त्यस्तो प्राकृतिक गुण हुन्छ जसले अशुद्धिहरूलाई नाश गर्छ र शरीरका लागि आभदायक खनिज तत्व प्रदान गर्छ । शरीरलाई विषाक्त पदार्थबाट मुक्त बनाई प्रतिरक्षा प्रणाली सुदृढ बनाउन पनि माटाको भाँडामा राखिएको पानीले सहयोग गर्छ ।

-पि|mजको पानी खाँदा कब्जियत तथा घाँटी दुख्नेजस्ता समस्या सिर्जना हुनसक्छन् तर माटाको भाँडामा राखिएको पानीले त्यस्तो समस्या उब्जाउँदैन । यसमा राखिएको पानी शरीरका लागि अनुकूल हुने हदसम्म मात्र चिसो हुन्छ ।

-माटाको भाँडामा राखिएको पानीको पीएच सन्तुलन सन्तुलित हुन्छ । माटाको क्षारीय तत्व तथा पानीको तत्व मिलेर उचित पीएच ब्यालेन्स निर्माण गर्छन् जसले शरीरलाई कुनै प्रकारको हानि हुन दिँदैन भने शरीरको प्राकृतिक सन्तुलन पनि बिगार्दैन ।

-माटाको भाँडामा राखिएको पानी स्वास्थ्यका लागि अत्यन्त फाइदाजनक हुन्छ । यसको तापक्रम सामान्यभन्दा थोरै मात्र चिसो हुने भएकाले यसले शीतलता त प्रदान गर्छ साथै पाचन प्रक्रिया राम्रो बनाउन समेत सहयोग गर्छ । यस्तो पानी पिउँदा शरीररमा टेस्टोस्टेरनको स्तरसमेत वृद्धि हुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!