कोपेनहेगेन, डेनमार्क, २७ चैत। सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताउनुभएको छ ।

Advertisement

बेलायती प्रधानमन्त्री टरिजा मेले कोपनहेगनमा सञ्चारकर्मीसँगको कुराकानीमा भन्नुभयो “यो अर्को उदाहरण हुन सक्छ कि असद प्रशासनले आफ्नै जनताविरुद्ध कुन हदको क्रुरता र निर्लज्जता प्रस्तुत गरेको छ । अन्तर्राट्रिय कानूनले युद्धमा रसायनिक हतियारको प्रयोगमा पूर्णतया बन्देज लगाएको छ ।”

“रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा र उनीहरू दोषी पाइएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई कानूनी दायरामा ल्याइने छ ।” उहाँले आफ्नो मुलुक युद्धमा हुने रसायनिक हतियारको प्रयोगको कडा शब्दमा निन्दा गर्छ । के भएको हो छिट्टै पत्ता लगाउनुपर्छ ।

स्वयंसेवी उद्धारकर्ताहरूको समूह ह्वाइट हेल्मेट्स तथा मानवअधिकारवादी सगठनहरूले सिरियाको पूर्वी गुटा क्षेत्रमा पछिल्ला हमलाहरूमा १५० जनाभन्दा बढीको ज्यान गएको र सयौँ घाइते भएको जनाएका छन् । मारिनेहरूमा धेरैजसो महिला र बालबालिकाहरू रहेको बताइएको छ । तर त्यसको स्वतन्त्र पुष्टिको खबरहरू भने आएका छैनन् ।

राजधानी दमासकस नजिकैको विद्रोही नियन्त्रित क्षेत्रमा रहेका डाक्टरहरूले आफूहरूले क्लोरिन ग्यासले असर गरेका बिरामीहरूको उपचार गरिरहेको बताएका थिए ।

सिरिया सरकारले भने त्यस्तो घातक रासायनिक ग्यासले हमला गरेको भन्ने आरोप अस्वीकार गरेको छ । सिरियाली असद प्रशासनले रासायनिक हमलाको आरोपलाई ‘बनावटी समाचार’ भनेको छ ।

सिरियाको विद्रोही नियन्त्रित क्षेत्र पूर्वी गुटामा भएको रासायनिक हतियार हमलालाई ‘तनावग्रस्त खबरहरू’ भन्दै तत्कालै अमेरिकी विदेश मन्त्रालयले आफूले त्यसको अनुगमन गरिरहेको जनाएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!