कैलाली, २६ चैत । नेकपा (एमाले) का उपाध्यक्ष भीमबहादुर रावलले नेकपा (माओवादी) केन्द्रसँगको पार्टी एकता वैशाखमा टुंगो लाग्न सक्ने बताउनुभएको छ ।

Advertisement

एमाले प्रदेश संगठन कमिटीको बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले दुवै पार्टीका तर्फबाट प्रतिवेदन तयार भएर पेश भइसकेकाले अब छिट्टै पार्टी एकता हुने जानकारी दिनुभयो ।

नेता रावलले संघीय मन्त्रिपरिषद्मा प्रदेश नं ७ बाट प्रतिनिधिसभा र राष्ट्रियसभा गरेर एमालेका २० सांसद भए पनि सरकारमा प्रतिधित्व नगराइनु अन्यायपूर्ण भएको बताउँदै यस प्रदेशबाट संघीय सरकारमा तत्काल यथोचित र न्यायोचित प्रतिनिधित्व गराउनसमेत माग गर्नुभयो ।

प्रदेश कमिटीको बैठक चैत २३ देखि २६ गतेसम्म धनगढीमा बसेको थियो ।

प्रदेश ७ को आर्थिक र व्यापारिक केन्द्रको रूपमा रहेको धनगढीसँग जोडिएको भारतीय गौरीफन्टा नाका बन्द नगर्न र यसलाई अझै सुविधायुक्त बनाउँदै लैजान प्रदेश कमिटीको बैठकले माग गरेको पनि नेता रावलले बताउनुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!