एजेन्सी । वायु प्रदुषणका कारण अचेल हरेक मानिसलाई विभिन्न खालका एलर्जीले सताउने गरेको छ । यसले गर्दा मानिसलाई विभिन्न ठाउँमा चिलाउने समस्याले सताउने गर्छ ।
त्यस मध्ये आँखा चिलाउने समस्या पनि एउटा हो । धुवाधुलोको कारण मानिसको आँखा पोल्ने आँखा चिलाउने गर्छ । हामीले जहिले पनि बाहिरबाट आएपछि हाम्रो आँखालाई चिसो पानीले हुन बिर्सन हुदैन । आँखा चिलायो भने के गर्ने त भन्ने कुरा धेरै मानिसलाई थाहा हुदैन ।
आँखा चिलाउने समस्याबाट बच्ने केहि उपायहरु यस्ता छन् :
-चिसो दूधको प्रयोग गरेर पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ । कपासलाई चिसो दूधमा केही समय भिजाएर त्यसलाई बेला बेलामा आँखाको वरिपरि राख्नाले पनि आँखा चिलाउने समस्याबाट राहत पाउन सकिन्छ ।
– घाम, पानी, धुलो, धूवँ लगायतका कारण पनि आखाको एलर्जी हुनसक्छ । आँखाको एलर्जी भएमा आखा पोल्ने, चिलाउने तथा रातो हुने गर्दछ । घरबाहिर निस्कनु परेमा चश्माको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ ।
-आँखा बेसरी चिलाएमा तुरुन्तै चिसो पानीको फोहराले आँखालाई पखालेर पनि यो समस्याबाट राहत पाउन सकिन्छ । त्यसको लागि पानीको फोर्स भने धेरै हुनु हुँदैन ।
– गुलाव जलको प्रयोयद्वारा पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । केही थोपा गुलाव जलको प्रयोगले सुरुमा त आँखामा केही जलन होला तर फेरि आराम पनि तुरुन्तै हुन्छ ।
– चिकित्सकको सल्लाह अनुसार आइड्रपको प्रयोग गरेर पनि आँखा चिलाउने समस्या कम गर्न सकिन्छ । यस्ता आइड्रप जुनसुकै औषधी पसलमा सजिलै किन्न पाइन्छ । किन्नुअघि चिकित्सकको सल्लाह लिन भने निकै आवश्यक मानिन्छ ।