धनगढी, २५ चैत।  रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको छ ।

Advertisement

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर महेश बोहराले जानकारी दिनुभयो ।

खेल स्थगनसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् । काठमाडौँको नौ अंक भएको छ । काठमाडौँ लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ ।

शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् ।

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ । बिहानभन्दा अहिले मौसममा सुधार आएको छ । मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!