बीबीसी

काठमाडौं, २२ चैत ।  केम्ब्रिज एनालिटिका नामक राजनीतिक परामर्श दातृ संस्थाले पहिला सोचिए भन्दा निकै बढी अर्थात् ८ करोड ७० लाख प्रयोगकर्ताका विवरण लिएको फेसबुकको भनाइ छ । तीमध्ये ११ लाख प्रयोगकर्ता युकेका रहेको बीबीसीलाई बताइएको छ ।

Advertisement

गोप्य जानकारी सार्वजनिक गरेका क्रिस्टोफर विलीले ५ करोड प्रयोगकर्ताको विवरण दुरुपयोग गरिएको यसअघि बताएका थिए । फेसबुकका प्रमुख मार्क जुकरबर्गले प्रयोगकर्ताका विवरण चुहावटका विषयमा ‘अझै धेरै गर्न सकिन्थ्यो’ भन्दै त्यस विषयमा ‘थप काम गरिने’ बताएका छन् । एक पत्रकार सम्मेलनमा जुकरबर्गले भने, ‘मलाई लाग्छ हामीले हाम्रो जिम्मेवारीको दायरा फराकिलो बनाउन आवश्यक छ ।’ उनले फेसबुकको काम औजारहरू बनाउने मात्र नभई ती ‘औजारहरूलाई प्रयोगकर्ताहरूले कसरी प्रयोग गर्छन् र त्यसबाट के परिणाम निस्कन्छ भन्ने विषयमा समेत जिम्मेवारी’ लिनुपर्नेमा जोड दिए ।

जुकरबर्गको भनाइमा प्रयोगकर्ताका विवरण चुहिने सुविधालाई बन्द गरिसकेको छ र पछिल्लो प्रकरणका विषयमा फेसबुकले आउने दिनमा आन्तरिक छानबिन गर्नेछ । फेसबुकका प्रमुख प्रविधि अधिकृत माइक स्क्रोएफरको ब्लगमा प्रयोगकर्ताका विवरण कसरी चुहिन पुग्यो भन्ने विषयमा लेखिएको छ ।

बीबीसीले बुझे अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ । तीमध्ये अधिकांश प्रयोगकर्ता अमेरिकाका भएको बताइएको छ । १६ प्रतिशतभन्दा केही बढी प्रयोगकर्ता चाहिं अन्य देशका भएको अनुमान छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!