
काठमाडौं, २२ चैत। बलिउड अभिनेता सलमान खानमाथि लागेको कालो हिरण शिकार मुद्दाको फैसला आज हुँदैछ। सलमानले ६ वर्षको सजाय भोग्नु पर्छ वा सफाइ पाउछन् भन्ने निर्णय आज अदालतले गर्नेछन्। मार्च २८ मा यस मुद्दामा सिजेएस ग्रामिण देवकुमार खत्रीको इजलासले सुनुवाइ गरेको थियो। त्यसपछि न्यायाधिसको फैसला सुरक्षिण राखिएको थियो। कालो हरिण शिकारको मुद्दामा अभिनेता सलमानसँगै सैफ अली खान, अभिनेत्री निलम, सोनाली र तब्बु समेत मुछिएका छन्। सलमानसहित सबै आरोपी बयानका लागि सोधपुर पुगिसकेका छन्।
यसअघि सलमान खान ४ जनवरीमा सीजेएम ग्रमीण अदालतमा हाजिर भएका थिए। कालो हिरण शिकारको यो मुद्दा २० वर्ष पुरानो हो।
छायांकनका क्रममा शिकारको आरोप
सन् १९९८ मा जोधपुरमा आफ्नो चलचित्र हम साथ साथको छायांकनका क्रममा सलमानमाथि कालो हरिण शिकार गरेको आरोप लागेको थियो। यस आरोपमा सलमान पक्राउ समेत परेका थिए। त्यतिबेला सलमान ५ वर्षसम्म जेल बस्नु परेको थियो।


















