नयाँदिल्ली, २२ चैत । भारतको आगरास्थित एक वेश्यालयबाट भारतीय प्रहरीले यौन कार्यमा संलग्न पाँच नेपाली महिलाहरूलाई उद्धार गरेको छ ।

Advertisement

आगरास्थित एक वेश्यालयमा प्रहरीले छापामारेर तीन नेपाली महिला र युवतीहरूको उद्धार गरेको हो । छापामार्ने क्रममा प्रहरीले नौजना महिलाको उद्धार गरेको थियो ।

स्थानीय प्रहरीले उद्धार गरिएका किशोरीहरूलाई एक गैरसरकारी संस्थाको रेखदेखमा राखेको जनाएको छ । कोठी संचालकलाई पनि पक्राउ गरिएको छ ।

नेपाल तथा भारतका विभिन्न स्थानबाट किशोरीलाई प्रलोभनमा पारेर ल्याई यौनजन्य कार्यमा संलग्न गराउँदै आएको उजरीका आधारमा स्थानीय प्रहरीले सो वेश्यालयमा बुधबार छापा मारेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

कोठी सञ्चालकले बाहिरबाट ताला लगाएर युवतीहरूलाई लुकाइ राखेका थिए । प्रहरीले ताला फोडेर ती युवती र महिलाहरूको उद्धार गरेको जनाएको छ ।

युवती र महिलाहरूको उद्धार कार्यमा माइती नेपालले पनि आगराको स्थानीय प्रहरीलाई सूचना दिएको जनाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!