वीरगञ्ज, २१ चैत । बारा प्रहरीले ४० लाख नगदसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक भारतीय नागरिक पनि छन् । विहारका २२ वर्षीय गुड्डुकुमार र वीरगञ्ज १६ ईनर्वाका सन्तोष कुमार जयसवलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

ना. ५४ प. १५४५ नम्बरको मोटरसाइकलमा भारतबाट नेपाल तर्फ आउँदै गरेका गुड्डुको साथबाट ४० लाख बरामद भएको हो । उनले दुबै खुट्टाको पिडौंलामा ईलाष्टिकले बाँधेर एक हजारका ६०० थान (प्रत्येक खुट्टामा ३/३ गडी) लुकाएका थिए ।

Advertisement

यसैगरी उनले आफूले लगाएको हेल्मेटभित्र एक हजारका हजार थान अर्थात १० गड्डी लुकाएका थिए ।

मोटरसाइकलको सिट मुनी पनि उनले पैसा लुकाएका थिए । उनको साथबाट जम्मा ४० लाख नगद फेला पारेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता भुवनेश्वर साहले जानकारी दिए ।

अनुसन्धानका क्रममा भारतीय नागरिक सन्तोष कुमार साहले वीरगञ्जक सन्तोष कुमार जयसवाललाई दिने पठाएको रकम भएको खुलेको छ । प्रहरीले सन्तोषलाई पनि पक्राउ गरेको छ ।

‘ठूलो परीमाणको नगद बरामद भएको छ , जसको स्रोत खुलेको छैन’ प्रहरी प्रवक्ता साहले भनेका छन् ।

दुवै जनालाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, पुल्चोक पठाइने प्रहरीले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!