वासिङटन, २० चैत ।  बोलिभियामा सोमबार ६.८ म्याग्निच्युडको भूकम्प आएको अमेरिकी भौगर्भिक सर्वेक्षण संस्था (युएसजिएस) ले जानकारी दिएको छ ।

यस भूकम्पको प्रभाव छिमेकमा पर्ने देश ब्राजिल, एल साल्भाडोरमा पनि परेको बताइएको छ । बोलिभिया शहरबाट करीब ३०० किलोमिटर दक्षिणपूर्वमा रहेको स्थानमा केन्द्रविन्दु रहेको यो भूकम्प स्थानीय समयानुसार सोमबार बिहान १०ः४० मा गएको बताइएको छ ।

Advertisement

दक्षिण अमेरिकी यस देशमा आएको शक्तिशाली भूकम्पपछि मानवीय र सम्पत्तिको क्षति भएको समाचार हालसम्म प्राप्त नभएको बोलिभियाको भूकम्पमा विभागले जानकारी दिएको छ ।

तर भूकम्प शक्तिशाली भएकोले क्षतिको ठूलो सम्भावना रहेको र यसको खोजी जारी रहेको सरकारी अधिकारीको भनाइ रहेको छ ।

ब्राजिलमा पनि यो भूकम्पको ठूलो धक्का महसुश गरिएको अधिकारीहरुको भनाइ छ ।

विशेषगरी साओ पाउलो र ब्रासिलियाजस्ता राज्यको आवासीय र कार्यालय भवनहरुमा भूकम्पको महसुश गरिएको बाताइको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!