Sangalo Khabar

काठमाडौ, २० चैत। सरकारले भूकम्पपीडितका लागि दोस्रो किस्ता लिने समयसीमा थप गरेको छ । यसअघि चैत मसान्तसम्ममा राहतको दोस्रो किस्ता लिइसक्नुपर्ने मिति थप गरेको ७५ सालको मसान्तसम्म लाई थपेको हो ।

मंगलबार बिहान प्रधानमन्त्रीकोे अध्यक्षतामा बसेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठकले पुनर्निर्माणमा ढिलाइ भइरहेकाले किस्ता लिने समयसीमा थप गर्ने निर्णय गरेको जनाईएको छ । अब भूकम्पपीडितले २०७५ असार मसान्तसम्म दोस्रो किस्ता लिईसक्नु पर्नेछ ।

Advertisement

त्यसैगरी बैठकले निजी आवास पुनर्निर्माणलाई उच्च प्राथमिकता दिँदै त्यसपछि क्रमशः स्वास्थ्य संस्था, शैक्षिक संस्था र अन्य पुर्निर्माणलाई प्राथमिकता दिने निर्णय गरेको छ । त्यस्तै, बैठकले जिल्ला तहमा रहेका पुनर्निर्माण प्राधिकरण कार्यालय स्थानीय तहको मातहत रहने पनि निर्णय गरेको छ ।

ती कार्यालयहरु तीनवटा एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार, भवन र शिक्षा) को रुपमा रहनेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement