गुलरिया, बर्दिया, २० चैत । मैनापोखर इलाका वन कार्यालयका कर्मचारीसंगको मिलेमतोमा बढैयाताल गाउँपालिकाअन्तर्गतको मानझुण्डी सामुदायिक वन सामुदायिक वनका पदाधिकारीले २६ गोलिया ९८५ क्यूफुट छपान नगरेको काठ काटेको आरोप उपभोक्ता समितिका सदस्यले लगाएका छन् ।

उक्त वन कार्यालय कर्मचारी सुरेन्द्र चौधरी, माहादेव थारु र नवलकिशोर साहले मानझुण्डी सामुदायिक वनका अध्यक्ष शेरबहादुर रावलको मिलेमतोमा गत शनिबार छपान नगरिएको काठ पनि काटिएको आरोप उपभोक्ताले लगाएका हुन्

Advertisement

यस विषयमा वन कर्मचारी चौधरीसँग प्रश्न गर्दा उहाँले कारवाहीकै लागि ती काठ मानझुण्डी सामुदायिक वनको भवनमा राखिएकोे बताउनुभयो भने उक्त समितिका अध्यक्ष शेरबहादुर रावलले एक हजार ५८७ क्यूफुट काठ कटान गर्दा अपुग भएका कारण उपभोक्तालाई वितरणका लागि छपान नगरेका रुख पनि काटेको स्वीकार गर्नुभयो ।

यसरी कर्मचारी र उपभोक्ता समितिको मिलेमतोमा उक्त सामुदायिक वनमा पहिले पनि पटक पटक रुख कटान गरी काठ तस्करी गर्ने गरेको उपभोक्ताले आरोप लगाउँदै आएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!