उत्तर अमेरिका, २० चैत । अहिले विश्वव्यापी रुपमा बढिरहेको प्रदूषणलाई लिएर मानिसहरुमा चिन्ता बढाएको छ । यसले मानिसहरुमा विशेष गरी कार्बनडाइअक्साइड ग्यास मात्रै चिन्ताको विषय बनेको देखिन्छ, जुन एउटा अध्ययनले भने गलत देखाएको छ ।

हालैको एउटा शोधका अनुसार यदि पृथ्वीमा अक्सिजनको स्तर लगातार बढिरहेको थियो भने पृथ्वी करिब ४० करोड पहिले नै ध्वस्त भइसकेको हुने थियो । यो शोधमा भनिएको छ कि जैविक विविधता र लगातारको जलवायु परिवर्तन सन्तुलन बनाइराख्न जरुरी रहेको थियो । यदि यो सन्तुलन बिग्रिने हो र धरतीमा अक्सिजनको मात्रा बढिरहने हो भने ४० करोड वर्षपहिले नै यो विस्फोट भइसकेको हुनसक्ने बताइएको हो ।

Advertisement

अमेरिकाको वासिंग्टन युनिभर्सिटीका प्रोफेसर कोल एडवर्डले अक्सिजन केवल जैविक विविधताको लागि मात्रै सहयोगी नभएर जलवायुसँग जोडिएका विभिन्न कारकहरुको उत्पादनमा पनि सहयोगी हुन्छ । यो दुवै पक्ष स्वतन्त्र हो ।
शोधका अनुसार यदि अक्सिजनको उपभोग नभएको भए यो पर्यावरणको लागि नै निकै घातक हुन सक्ने थियो । यसले पृथ्वीलाई विध्वंसको बाटोमा समेत लगिसकेको हुने थियो । नवभारत टाइम्सबाट अनुदित ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!