रोल्पा, १९ चैत।  आठ किलोग्राम चरेशसहित यहाँ आज प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रोल्पा थवाङ– ५ ठूलोगाउँकी रामप्यारी झाँक्री रहेको इलाका प्रहरी कार्यालय घर्तीगाउँले जनाएको छ ।

इलाका प्रहरी कार्यालय घर्तीगाउँका अनुसार नियमित जाँचका क्रममा थवाङबाट घोराहीतर्फ जाँदै गरेको ना२ख ५६४४ नंको बसको डिकीमा प्लाष्टिक जेब्रा झोलामा लुकाइराखेको अवस्थामा शंकास्पद वस्तु देखेपछि खोलेर हेर्दा डल्लो आकारमा सो चरेश भेटिएको थियो ।

उक्त झोला झाँक्रीले आफ्नो भएको स्वीकार गरेपछि थप अनुसन्धानका लागि उनलाई इप्रका घर्तीगाउँमा राखिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!