धनगढी, १९ चैत । कैलालीको धनगढीमा जारी धनगढी प्रिमियर लिग (डिपिएल)अन्तर्गत आजको दोस्रो खेलमा काठमाडौँ गाल्डेन्सले रुपन्देही च्यालेन्जर्सलाई ६३ रनले पराजित गरेको छ ।

Advertisement

संघीय प्रहरी एकाइ कार्यालय धनगढीको खेल मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँ गोल्डेन्सले निर्धारित २० ओभरको खेलमा चार विकेट गुमाई १८६ रन बनायो । एक सय ८७ रनको विजयी लक्ष्य पछ्याएको रुपन्देही च्यालेन्जर्स १८ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १२३ रनमा समेटियो ।

काठमाडौँ गोल्डेन्सका लागि सन्नी पटेलले अविजित ४८ रन बनाए । उनले १९ बलमा तीन छक्का र पाँच चौका हाने । सुबोथ भाटीले ४२ रन बनाए । उनले २५ बलको सामना गर्दै चार छक्का र तीन चौका प्रहार गरे । यस्तै नरेश बुढाऐरले अविजित ३० रनको योगदान दिए । उनले १८ बलमा दुई छक्का र दुई चौका हाने । अमित श्रेष्ठले ३०, कप्तान ज्ञानेन्द्र मल्लले २० र भूपेन्द्र थापाले १४ रन बनाए । बलिङतर्फ रुपन्देही च्यालेन्जर्सका अमरसिंह रौटेला, विक्रम भुसाल र सुफायन मेहमुदले एक एक विकेट लिए ।

रुपन्देही च्यालेन्जर्सका प्रारम्भिक ब्याट्सम्यान प्रदीप ऐरी र सागर पुनले आठ दशमलव चार ओभर खैल्दै ७१ रनको साझेदारी गरे पनि आफ्नो टोलीलाई जीत दिलाउन भने सकेनन् । ऐरीले विष्फोटक पारी खेल्दै ५७ रन बनाए । उनले ४१ बलको सामना गर्दै पाँच छक्का र पाँच चौका प्रहार गरे । पुनले १४ रन बनाए । दीपक प्रसादले १० रन बनाए ।

बलिङतर्फ काठमाडौँ गोल्डेन्सका रशिद खानले चार विकेट लिए । उनले २ दशमलव ४ ओभर बलिङ गर्दै ६ रन दिए । ललितनारायण राजवंशीले चार ओभरमा १९ रन दिँदै तीन विकेट लिए । यस्तै शाहव आलमले दुई तथा सन्नी पटेलले एक विकेट लिए । काठमाडौँ गोल्डेन्सका सन्नी पटेल ‘प्लेयर अफ द म्याच’ भए । उनले रु १० हजार पुरस्कार प्राप्त गरे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!