काठमाडौँ, १९ चैत । वन तथा वातावरणमन्त्री शक्ति बस्नेतले वन तथा वातावरण क्षेत्रलाई समृद्धिको आधार बनाउने नीति ल्याउन लागेको बताउनुभएको छ ।

Advertisement

मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले भन्नुभयो – “मुलुकको कूल गार्हस्थ उत्पादन र विकासमा वन क्षेत्रको योगदान देखिने खालका कार्यक्रम अघि बढाउने नीति सरकारले ल्याउँछ ।”

मन्त्री बस्नेतले वन तथा वातावरणलाई विकासको बाधक होइन, समृद्धिको आधार बनाउने नीति ल्याउने बताउँदै “वन क्षेत्रको बहुआयामिक उपयोगको सम्भावना नीतिलाई अघि बढाइनेछ भन्नुभयो ।

“वन पैदवार जिराको मूल्यमा बेच्ने, हिराको मूल्यमा खरिद गर्ने नीति अन्त्य गरिनेछ,” उहाँले भन्नुभयो – “वातावरण संरक्षणमा प्रोत्साहन गर्ने नीतिलाई प्राथमिकता दिइनेछ ।”

मन्त्री बस्नेतले बारीमा रुख लगाउन प्रोत्साहन अनि कटान गर्ने बेलामा अनेकौ झन्झट दिलाउने हाम्रा कानून व्यावहारिक छैनन् भन्दै वन क्षेत्रको सदुपयोग र संरक्षणको नीति ठीक ढंगबाट हुनुपर्दछ भन्नुभयो ।

नीति, कानून र सरकारको काम गर्ने शैलीमा तालमेल भएमा वन क्षेत्र मुलुकको रोजगारी र समृद्धिको मार्ग प्रशस्त गर्ने बताउँदै उहाँले जलवायु परिवर्तनभन्दा वातावरण संरक्षणको मुद्दा हाम्रो प्राथमिकीकरणको क्षेत्र रहेको धारणा व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!