नुवाकोट, १९ चैत । विनाशकारी भूकम्प र क्षमता वृद्धिका कारण निर्माणमा ढिलाइ हुँदै आएको माथिल्लो त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको निर्माण हाल तीव्र बनाइएको छ । आयोजनाको सिभिल, हाइड्रोमेकानिकल र इलेक्ट्रो मेकानिकलको काम समग्रमा ६८ प्रतिशत सकिएको आयोजनाका उपप्रबन्धक सत्यराम ज्याख्वाले जानकारी दिएका छन् ।
ज्याख्वाको अनुसार दुईवर्षअघि नै विद्युत् उत्पादन शुरु गर्नुपर्ने भए पनि स्थानीयवासीको अवरोध, क्षमता वृद्धिको विवाद र भूकम्पले क्षति पु¥याएपछि ढिलाइ हुँदै आएको आयोजनामा अहिले भइरहेको कार्य प्रगतिले विद्युत् उत्पादन तोकिएको समयमा पूरा गर्न सक्षम हुने निश्चित देखिएको छ ।’
आयोजनाबाट अबको १० महिनाभित्र २०७५ माघ २६ मा विद्युत् उत्पादन गर्ने गरी काम तीव्र बनाइएको छ ।’ उनले भने, ‘दुईवटा युनिटमार्फत विद्युत् उत्पादन हुने भएकाले पहिलो युनिटबाट माघ २६ मा ३० मेगावाट विद्युत् उत्पादन शुरु हुने र दोस्रो युनिट विसं २०७५ वैशाख १७ मा विद्युत् उत्पादन गरी केन्द्रीय प्रसारण लाइनमा जडान गर्न सक्षम हुनेछौँ ।’