बैतडी, १८ चैत। माटोको ढिस्कोमा पुरिएर बैतडीमा आज एक किशोरीको मृत्यु भएको छ ।

माटो खनिरहेका बेला एक्कासि माथिबाट खसेको ढिस्कोले पुरिँदा शिवनाथ गाउँपालिका–६ बसेडीकी १५ वर्षीया लक्ष्मी सुतारको मृत्यु भएको स्थानीयवासी गम्भीर दयालले जानकारी दिनुभयो । लक्ष्मी स्थानीय जिम्मेश्वर आधारभूत विद्यालय बसेडीमा कक्षा ८ मा अध्ययनरत थिइन् ।

Advertisement

यसैगरी झाडापखाला र ज्वरोले थलिएकी पाटन नगरपालिका–९ बस्ने जगदीश भण्डारीकी तीन वर्षीया छोरी बबिताको मृत्यु भएको छ ।

गए रातिदेखि बबितालाई एक्कासि ज्वरोसँगै झाडापखाला लागेको बालिकाका आफन्त नरेन्द्र कार्कीले बताउनुभयो । ज्वरो र झाडापखालाले थला परेकी बबितालाई आज उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!