धनगढी, १८ चैत । धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) टि–२० क्रिकेटमा महेन्द्रनगर युनाइटेडले विजयी सुरुवात गरेको छ। प्रतियोगिताअन्र्तगत  आजको दोस्रो खेलमा महेन्द्रनगर युनाइटेडले विराटनगर किङ्सलाई ३३ रनले पराजित गरेको हो।

Advertisement

राष्ट्रिय टोलीका कप्तान पारस खड्का नेतृत्वको विराटनगर किङ्ग्स एभरेष्ट प्रिमियर लिगको च्याम्पियन समेत हो । तर, महेन्द्रनगरले दिएको १६९ रनको लक्ष्य पछ्याएको बिराटनगर अन्तिम ओभर खेल्नु अघि १३५ रनमा अलआउट भयो । उसले पघिल्लो १३ बलमा ५ रन जोडेर ५ विकेट गुमाएको थियो ।

पृथु बास्कोटाले ३५ रन बनाए भने बाबर हायतले ३२, अनिलकुमार साहले २३ र खड्काले १६ रन बनाए ।

महेन्द्रनगरका अनिलकुमार कर्णले ३ विकेट लिए भने पुनित मेहरा, भुवन कार्की र रोबिन क्षेत्रीलेे २-२ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको महेन्द्रनगरले २० ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । उसका पुनितले अविजित ३८ रन बनाए भने विनोद भण्डारीले ३५ रन जोडे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!