वीरगञ्ज, १८ चैत ।  प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको नेपालको सम्बन्ध नयाँ ढंगबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका–४ औराहामा निर्माण हुन लागेको गार्मेन्ट प्रशोधन केन्द्रको आज शिलान्यास गर्दै प्रम ओलीले छिमेकी मुलुक भारत नेपालको विकासमा सहयोगी भूमिका निर्वाह गर्न तयार रहेकाले दुई मुलुकको सम्बन्ध नयाँ उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

औराहामा निर्माण हुन लागेको सो प्रशोधन केन्द्र ८४३ बिगाह क्षेत्रफलमा फैलिएको छ । नेपाल सरकारको विशेष आर्थिक क्षेत्र प्राधिकरण कार्यक्रमअन्तर्गत करीब रु १० अर्ब को लगानीमा सो केन्द्र निर्माण हुन लागेको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!