काठमाडौँ, १८ चैत । सभामुख कृष्णबहादुर महराले नेपाली काँग्रेसका नेता स्व खुमबहादुर खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ ।

Advertisement

आज सानेपास्थित निवासमा पुगेर खड्काको पार्थिव शरीरमाथि फूलमाला अर्पण गरी सभामुख उहाँले श्रद्धाञ्जलि अर्पण गर्नुभएको हो ।

सभामुख महराले खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि राखिएको शोक पुस्तिकामा पनि हस्ताक्षर गर्नुभएको भयो ।

श्रद्धाञ्जलिपछि परिवारजनसँग कुरा गर्दै उहाँले केही समयअघि खड्कासँग नियमित भेटघाट तथा कुराकानी हुँदै आएकामा पछिल्लो पटक एक महिनाअघि मात्रै भेटघाट भएको उल्लेख गर्दै सभामुख महराले खड्काको निधनले आफूलाई निकै दुःखी बनाएको बताउनुभयो ।

श्रद्धाञ्जलि दिन निवास पुग्नुभएका काँग्रेस नेताहरु विमलेन्द्र निधि, शशांक कोइराला, शंकर भण्डारीलगायतलाई पार्टीका तर्फबाट परिवारजनलाई विशेष सहयोग गर्न र ख्याल पु¥याउन सभामुख महराले आग्रहसमेत गर्नुभएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!