अनलाइनखबर

काठमाडौं, १५ चैत । काठमाडौंको दक्षिणकालीबाट रत्नपार्कतर्फ आउँदै गरेको यात्रुबाहक बस बिहीबार बिहान  दुर्घटनामा परेकाे छ ।

बा १ ख ९९९९ नम्बरको बस फर्पिङ भञ्जायङमा दुर्घटना भएकाे हाे । दुर्घटनामा २ जनाको ज्यान गएको छ भने २२ जना घाइते भएका छन् ।

Advertisement

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दुर्घटनाको पुष्टि गर्दै मृतकको सनाखत हुन नसकेको जनाएको छ ।

प्रहरीका अनुसार, घाइतेलाई स्थानीय अस्पतालमा उपचारका लागि लैजाने तयारी गरिएको छ ।

दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले यसबारे अनुसन्धान भइरहेको जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!