काठमाडौं, १४ चैत। एएफसी एसिया कप छनोटको अन्तिम खेलमा नेपाल यमनसँग २-१ ले पराजित भएको छ। कतारस्थित दोहाको सुहिम विन हमाद रंगशालामा भएको अन्तिम खेलमा यमन तीन अंक जोड्दै एसिया कपका लागि छनोट भयो। खेलको अन्त्यतिर पाएको पेनाल्टीमा गोल गरेपछि यमन छनोटमा परेको हो। सुरुवाती अग्रता बनाएको यमनविरुद्ध नेपाली टिमले पहिलो हाफमा अग्रता तोड्न सफल भयो।

यमनलाई २४औँ मिनेटमा अब्दुलावासे अल मातरीले गोल गर्दै खेलमा अग्रता दिलाए। उनले डिबक्सभन्दा केही बाहिरबाट गरेको शक्तिशाली ‘लेफ्ट फुटेड’ सट गोलमा परिणत भएपछि यमन सुरुवाती अग्रता कायम गर्न सफल भएको थियो। तर, पहिलो हाफमै खेललाई बराबरीमा ल्याउने क्रममा नवयुग श्रेष्ठले आकर्षक हेड गोल गर्दै नेपाललाई बराबरीमा ल्याए।पहिलो हाफमा बराबरी भएपछि दोस्रो हाफमा दबाबमा परेको यमन अन्तिम समयमा पाएको पेनाल्टीमा भाग्यमानी सावित भयो।

Advertisement

कप्तान विराज महर्जनले मोसेद मोहमद हसनलाई लडाएपछि पाएको पेनाल्टीलाई पुनः मातरीले नै सदुपयोग गर्दै व्यक्तिगत दोस्रो तथा टिमका लागि निर्णायक गोल सम्भव बनाएका थिए। ८३औँ मिनेटमा विराज महर्जनले डीबक्स एरियामा हसनलाई लडाएपछि पेनाल्टी पाएको थियो। उक्त पेनाल्टीलाई सहज रूपमा मातरीले गोलमा परिणत गरेका थिए। त्यसअघि यमनको एक शक्तिशाली प्रहार क्रसबारमा लोगर बाहिरिएको थियो। यमन र फिलिपिन्स एसिया कपमा जितसँगै यमन एसिया कपमा छनोट हुन सफल भयो समूह ‘एफ’ मा रहेको यमन नेपालसँगको तीन अंकसँगै यमन १० अंक जोड्दै एसिया कपमा स्थान बनाउन सफल भयो।

त्यस्तै, फिलिपिन्सले पनि अन्तिम खेलमा ताजकिस्तानलाई २-१ ले जित निकाल्दै समूहको शीर्ष स्थानमा रहँदै एसिया कपमा स्थान बनाउन सफल भयो। फिलिपिन्सले ६ खेलबाट तीनमा जित र तीन खेलमा बराबरी गर्दै १२ अंक बनाउन सफल भयो भने यमन दुईमा जित र चार खेलमा बराबरी बनाउँदै दुवै टिम अपराजित रहेर छनोट भए। समूह एफमा ताजकिस्तान र नेपाल बाहिरिएपछि नेपाल प्रतियोगितामा जितविहीन रहँदै समूहको पुछारमा रहेर प्रतियोगिताबाट बाहिरियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!