गौशाला, १३ चैत । महोत्तरीको जिल्ला भन्सार कार्यालय जलेश्वरमा आजदेखि आसीकुडा प्रणाली लागू भएको छ ।

जिल्ला भन्सार कार्यालयले आजदेखि उक्त नाकाबाट आयात निर्यात हुने सम्पूर्ण सामानको प्रज्ञापन पत्रको कामकाज आसीकुडा प्रणालीबाट शुरु गरेको प्रमुख भन्सार अधिकृत केशवकुमार भण्डारीले जानकारी दिए।

Advertisement

प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले एक कार्यक्रमबीच जलेश्वर भन्सारमा आसीकुडा प्रविधिको उद्घाटन गरे । सो कार्यक्रममा भन्सार विभागकी सूचना प्रविधि निर्देशक नीतु भारतीले आसीकुडा प्रणालीले यहाँको व्यापारमा सहजीकरण गर्ने बताउनुभयो । उनले आजदेखि भन्सारको प्रज्ञापन पत्र अनलाइन भएको र अब आयात निर्यातकर्ता व्यापारी व्यवसायी कागजी प्रक्रियाबाट मुक्तभएको बताए ।

आसीकुडा प्रणाली सञ्चालनमा आइसकेपछि व्यापारी व्यवसायी भन्सार कार्यालयमै आइरहनु नपर्ने, घरमै बसी/बसी अनलाइनमै आफ्नो दस्तुर तिर्न सक्ने र अनलाइनमै प्रज्ञानपत्र प्राप्त गरी आफ्नो मालसामान आयात निर्यात गर्नसक्ने बताए ।

“यस प्रणालीका माध्यमबाट कुन भन्सारले के, कति र कहाँ के गरिरहेको छ भन्ने बारेमा केन्द्रबाट चौबीसै घण्टा अनुगमन र निरीक्षण गर्न सकिन्छ,” भन्सार विभागकी सूचना प्रविधि निर्देशक भारतीले भन्नुभयो । यसले भन्सारको काम कारबाहीमा गति प्रदान गर्नुका साथै भ्रष्टाचार न्यूनीकरण र अनियमिततामा रोक लगाउन महत्पूर्ण भूमिका खेल्ने उनकोे भनाइ छ ।

मुलुकका ११ जिल्लामा यसअघि आसीकुडा प्रणाली लागू भइसकेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!