ललितपुर, १३ चैत ।  राज्यले मान्यता नदिए पनि  १०० पुरुष स्वयंसेवकले महिला स्वयंसेवकले जस्तै घर घर पुगेर स्वास्थ्य सेवा दिइरहेका छन् ।

महिलाहरु मात्र स्वास्थ्य सेवा दिन घर घरमा जान सक्ने अवस्था नहुँदा पुरुष स्वास्थ्यकर्मीले स्वयंसेवकका रुपमा काम गर्न थालेका हुन् । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले पुरुष स्वास्थ्यकर्मीले तीन दशकअघिदेखि अहिलेसम्म निरन्तर सेवा गरिरहेको बताए ।

Advertisement

तीन दशक पहिले विषमज्वर र हैजा फैलिए पनि महिला स्वास्थ्यकर्मी घर घरमा पुगेर जनचेतना फैलाउन सक्ने अवस्था थिएन । उनले भने , “अहिले पनि कतिपय स्वास्थ्य समस्यामा परामर्श हामीले गर्छौंँ ।” पुरुषका स्वास्थ्य समस्या समाधानमा पुरुष स्वास्थ्यकर्मी लाग्ने गरेका छन् ।

जिल्लामा १०० पुरुषसहित झण्डै ६०० स्वास्थ्यकर्मी कार्यरत छन् । तीमध्ये १३३ महिला स्वास्थ्य स्वयंसेविकाले मात्रै मान्यता पाएका छन् । जिल्लामा यति लामो समयसम्म काम गर्दा समेत जिल्लाले र सरकारले पुरुष पनि स्वयंसेवक हुन्छन् भनेर नमानेको उनी बताउछन । उनले भने, “हामीलाई मान्यता दिए काम गर्न प्रोत्साहन हुने थियो ।”

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!