अनलाइनखबर

काठमाडौं, १३ चैत। ‘पद्मावत’ को सफलतासँगै बलिउड अभिनेता रणवीर सिंहको चर्चा चुलिएको छ । सो फिल्ममा उनले निभाएको अलाउद्दिन खिलजीको भूमिकालाई निकै रुचाइयो ।

रणवीर यतिबेला भारतभर ‘डिमान्डेड’ बनेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार केही दिनपछि सुरु हुने इन्डियन प्रिमियर लिग क्रिकेटको उद्घाटन समारोहमा उनको प्रस्तुति हुने तय भएको छ । र, यसका लागि उनले मोटो पारिश्रमिक पनि पाएका छन् ।

Advertisement

रणवीरलाई करिब १५ मिनेट नाच्नका लागि ५ करोड भारु पारिश्रमिक दिन लागिएको हो । यो रेटले उनलाई सुपरस्टारको तहमा राखेको छ ।

रणवीरको भारतभरी हरेक उमेरका फ्यान छन् । त्यही भएर आइपीएलले उनलाई प्राथमिकतामा राखेको थियो ।

पद्मावतपछि रणवीर यतिबेला अर्को फिल्म ‘गली ब्वाई’ को सुटिङमा व्यस्त छन् । यस फिल्ममा उनको अपोजिट आलिया भट्ट छिन् । यस फिल्मको निर्देशन जोया अख्तरले गर्दैछिन् । यसका अलावा निर्देशक रोहित शेट्टीको आगामी फिल्म ‘सिम्बा’ मा पनि रणबीर सिंहले लिड रोल निभाइरहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!