काठमाडौं, ८ चैत ।  रोयल मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स, रारा विकास बैंक र अपी फाइनान्स मिलेर ३० असार ०७० मा एकीकृत कारोबार सुरु गरेको एपेक्स डेभलपमेन्ट बैंकको डेढ अर्बको बैंक घोटालामा राष्ट्र बैंककै मिलेमतो रहेको नयाँ पत्रिका दैनिकले दाबी गरेको छ । राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले मर्जरमा हतारो गरे पनि कारवाहीमा भने अवरोध गरेको समाचारमा उल्लेख छ ।

नयाँ पत्रिका दैनिक लेख्छ– राजनीतिक दबाव र राष्ट्र बैंकको उच्च नेतृत्वको प्रभावमा आफ्नै दुईवटा समितिले कारबाहीको सिफारिस गर्दा पनि राष्ट्र बैंकले एपेक्स र त्यसका सञ्चालकलाई कारबाही गर्न ढिला गरेको खुलेको छ ।

Advertisement

एनसीसी बैंक लिमिटेडसँग मर्ज भएको तत्कालीन एपेक्सले संगठित र योजनाबद्ध रुपमा बैंकिङ घोटाला गरेको अनुसन्धानहरुले देखाएको समाचारमा उल्लेख छ । यस घोटालासँग जोडिएर राष्ट्र बैंकले र्दुइवटा अनुसन्धान गरेको छ, जसले एपेक्सका तत्कालीन अध्यक्ष विष्णु धितालकै नेतृत्वमा बैंकिङ घोटाला भएको प्रष्ट देखाएको छ ।

कहाँबाट भयो घोटालाको सुरुवात
नेपाल राष्ट्र बैंकको स्वीकृतिमा ३० असार ०७० मा रोयल मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेड, रारा विकास बैंक लिमिटेड र अपी फाइनान्स लिमिटेड एकआपसमा गाभिई (मर्ज भई) एपेक्स डेभलपमेन्ट बैंकको नाममा एकीकृत कारोबार सुरु गरेका हुन् । त्यसवेलासम्म रोयल मर्चेन्टको कर्जा बक्यौता १ अर्ब १५ करोड रुपैयाँ रहेको थियो, जबकि रारा र अपीको कर्जा बक्यौता ३३ करोड मात्रै थियो ।

खराब कर्जा भएको रोयललाई रारा र अपीसँग मर्ज गराउन उनै धितालले मुख्य भूमिका खेलेको स्रोत बताउँछ । ‘रोयल, अपी र रारा मर्जरमा पनि केही विवाद र अप्ठ्यारा थिए,’ स्रोत भन्छ, ‘तर, धितालले रोयलमा समस्या हुँदाहुँदै पनि करोडौँ रुपैयाँ कमिसन लिएर रारालाई मर्जरमा लगेको देखिन्छ ।’ एपेक्स डेभलपमेन्ट बैंक बन्नुअघि नै बैंकमा घोटाला सुरु भइसकेको राष्ट्र बैंकको प्रतिवेदनमा उल्लेख छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!