काबुल, अफगानिस्तान, ७ चैत । काबुलमा पर्सियाली नयाँ बर्ष मनाइरहेका नागरिकहरूलाई लक्षित गरी गरिएको आत्मघाती आक्रमणमा बुधबार कम्तिमा २९ जनाको मृत्यु भएका अफगानी अधिकारीले जनाएका छन् ।

मृतकमध्ये अधिकांश किशोरकिशोरी रहेका बताइएको छ । उक्त घटनामा कम्तिमा ५२ जना घाइते भएका छन् भने केही गम्भीर रूपमा घाइते भएका बताउँदै अफगानी स्वास्थ्य मन्त्रालयले मृतक सङ्ख्या अझै बढ्न सक्ने जनाएको छ ।

Advertisement

तर गृह मन्त्रालयका गृहमन्त्रालयका प्रवक्ता नसरत रहिमीले २६ जनाको मृत्यु भएको र १८ जना घाइते भएका बताउनुभयो । आक्रमणमा मारिएका तथा घाइते सवै सर्वसाधारण रहेको जनाइएको छ ।

घटनाको इश्लामिक स्टेट समूहको अमाक नामक सञ्चारमाध्यम मार्फत जिम्मेवारी लिएको छ । अफगानिस्तानमा लामो समयदेखि सरकारसँग लड्दै आएको तालिवानी समूहले भने ट्वीटरमार्फत घटनामा आफ्नो सम्लग्नता नरहेको जनाएको थियो ।

आक्रमणकारी पैदलयात्रीका रूपमा काबुल विश्वविद्यालय तथा एक अस्पताल नजिकै पुगेपछि तामझामले नयाँ बर्ष मनाइरहेका युवाहरूलाई लक्षित गरी बिष्फोट गराएको रहिमीले बताउनुभयो ।

अफगानिस्तानको राजधानीमा भराइए ठूला विष्फोटमध्ये यो पाँचौँ आक्रमण हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!