संगालोखबर सम्वाददाता

विराटनगर, ७ चैत । नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा अध्ययनरत विद्यार्थीहरुद्धारा सञ्चालित ‘नोबेल स्पोर्टस फियस्टा’ सम्पन्न भएको छ । एमवीवीएस, वीडीएस र वीएस्सी नर्सिङ २०१५ ब्याचमा अध्ययनरत बिद्यार्थीहरुको आयोजनामा भएको फियस्टामा एक दर्जन बढी प्रतियोगिता भएका छन् ।

१० दिनसम्म सञ्चालित चौथो चरणको फियस्टामा फुटवल, क्रिकेट, भलिवल, फुटसल, ब्याडमिन्टन, म्याराथन, गायन, नृत्य, चित्रकला, कविता, निवन्ध लगायत प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । फुटवल प्रतियोगितामा प्रमाणपत्र तहका विद्यार्थीको समुह बिजयी भयो ।

Advertisement

क्रिकेटमा एमवीवीएस सातौ ब्याचका बिद्यार्थीको समुह बिजयी बन्यो । त्यस्तै महिला तर्फको भलिवल प्रतियोगितामा एमवीवीएस नवौं ब्याचका बिद्यार्थीको समुह बिजयी भयो भने पुरुष तर्फको भलिवलमा वीडीएसका बिद्यार्थीको समुह बिजयी बन्यो । त्यस्तै महिला तर्फ भएको फुटसलमा प्रमाणपत्र तहका बिद्यार्थीको समुह बिजयी भएको छ ।

पुरुष तर्फको ५ किलोमिटरको मिनि म्याराथनमा एमवीवीएस नवौं ब्याचका दिनेश हस्दा बिजयी बन्दा महिला तर्फ सोहि ब्याचकी संयोजना गुरुङले उपाधि चुमिन् । नारी दिवसको अवसरमा भएको म्याराथन सुरु हुनुअघि सिरिया हमलामा मारिएकाहरुको संझनामा श्रद्धाञ्जली कार्यक्रम पनि गरिएको थियो ।

प्रतियोगिताका बिजयीहरुलाई कलेजका प्रिन्सिपल प्रोफेसर डा.एजी सिंह, कलेजका शैक्षिक बिभाग संयोजक डिल्लीराम निरौला, जनसम्पर्क अधिकृत नारायण दाहाल लगायतले मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरेको आयोजक समिति सदस्य एवं कलेजका बिद्यार्थी गोकुल आचार्यले जानकारी दिए ।

नोबेलमा अध्ययनरत बिद्यार्थीहरुले हरेक बर्ष ‘नोबेल स्पोर्टस फियस्टा’ सञ्चालन गर्दै आएका छन् । नोबेलमा एम्डी, एमएस, एमवीवीएस, वीडीएस, वीएस्सी नर्सिङ, स्टाफ नर्स, ल्याव टेक्निसियन, रेडियोग्राफी, डेन्टल हाईजिनिस्ट, डिफार्म लगायत संकायमा करिव २ हजार बिद्यार्थी अध्ययनरत छन् ।

थप तस्वीरहरु…

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!