हेटौँडा, ७ चैत ।  नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं ३ को राजधानी हेटौंडा नै स्थायी हुने बताउनुभएको छ ।

Advertisement

प्रेस सेन्टर मकवानपुरले आज हेटौँडामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले प्रदेशको १३ जिल्लामध्ये राजधानीका लागि हेटौंडा नै सबैभन्दा उपयुक्त स्थान रहेकाले बाहिर प्रचारमा आए जस्तो यहाँबाट प्रदेशको राजधानी नसर्ने बताउनुभयो ।
अध्यक्ष दाहालले प्रदेशको राजधानीका सबै कामहरु शुरु भइसकेकाले हेटौँडाबाट राजधानी सार्ने हल्लापछि नलाग्न सबैमा आग्रह गर्दै प्रदेशको नामको सन्दर्भमा प्रदेशसभाले निर्णय गर्ने विषय रहेको बताउनुभयो ।

‘यो वर्ष निर्वाचन वर्ष’ रहेको र अब आर्थिक समृद्धिको समय रहेकाले यसका लागि राष्ट्रिय सहमति आवश्यक रहेको छ, उहाँले भन्नुभयो–“सरकारले परिणाममुखी काम गर्नका लागि मुख्य र राष्ट्रिय विषयमा प्रतिपक्षसँग पनि समझदारीको वातावरण बनाएको छ ।”

अध्यक्ष दाहालले अहिलेको मुख्य चुनौती भनेको सुशासन, स्थायित्व र विकासलाई गति दिनु नै हो भन्दै प्रदेशको कामलाई तीव्रता दिन ऐन बनाउने कामको गति बढिरहेको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकारमा दुई तिहाईको बहुमत पुगिसकेको अवस्था रहेपनि समग्र विकासको गति बढाउन र राजनीतिक स्थायित्वका लागि मधेसकेन्द्रित दलकोसमेत समर्थन पाइसकेको जानकारी दिनुभयो ।

नेकपा एमाले र माओवादी केन्द्रको एकता अबको केही दिनमा नै हुने बताउँदै उहाँले एकता प्रक्रिया पूरा गर्नका लागि बनेको कार्यदलले आफ्नो काम पूरा गरी प्रतिवेदन बुझाउने तयारीमा रहेको छ भन्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!