राजविराज, चैत ६ । सप्तरीमा जनप्रतिनिधिबाट एक युवक निर्घात कुटिएका छन् । विष्णुपुर गाउँपालिकाका अध्यक्ष लिलाम्बर यादवले स्थानीय २२ वर्षीय अनिलकुमार साहलाई अस्पताल भर्ना हुने गरी कुटपिट गरेका हुन् ।

कुटपिटबाट छाती, कम्मर, पिठ्यूँ र पेटमा चोट लागेका अनिलको राजविराजस्थित सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको उनका काका लोचन साहले बताए।

Advertisement

केही दिनअघिदेखि गाउँमा चोरीका घटनाहरु बढेको र उक्त कार्यमा अध्यक्षकै भतिजा सचिनकुमार यादवको संलग्नता रहेको बताउन जाँदा उल्टै कुटाइ खानुपरेको पीडितले गुनासो गरेका छन्।

अध्यक्ष यादवले चोरीमा भतिजाको संलग्नता स्वीकार गरेर पनि अनिललाई कुटपिट गरिएको भन्दै त्यस्ता जनप्रतिनिधिलाई कानुनी कारबाही गर्न लोचनले माग गरेका छन्।

गाउँपालिका अध्यक्ष यादवले भने गालीगलौज गर्दै अभद्र रुपमा प्रस्तुत भएपछि आक्रोशित परिवारका सदस्यले हातपात गरेको स्वीकार गरेका छन्। कुटपिट गर्ने नियत नभए पनि चोरीको आरोपसहित अभद्र रुपमा प्रस्तुत भएपछि हातपात भएको उनले बताए।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!