काठमाडौँ, ५ चैत।  महानगरीय प्रहरी वृत्त बालाजुले नक्कली सशस्त्र प्रहरी बनेर ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

वृत्तले सशस्त्र प्रहरीमा जागिर लगाइदिन्छु भनी विभिन्न व्यक्तिसँग लाखौँ ठगी गर्ने सिन्धुपाल्चोक घर भई बालाजु बस्ने कोपिला बोहरालाई आज बालाजुबाट पक्राउ गरेको हो ।

Advertisement

वृत्तका प्रमुख विश्वराज खड्काका अनुसार बोहराले सशस्त्र प्रहरी बलको प्रहरी सहायक निरीक्षक हुँ भनी सशस्त्र प्रहरीको पोशाक लगाई फोटो देखाएर ठगी गरेको अनुसन्धानमा खुल्न आएको छ । बोहराले झण्डै रु सात लाख ठगी गरेको पोखरेलले जानकारी दिनुभयो ।

बोहराले दैलेख घर भएका राधा शाहीसँग  एक लाख ४५ हजार, सिन्धुपाल्चोकका रेणुका भण्डारीसँग  ५० हजार, विमला खड्कासँग रु १५ हजार, जुनाकुमारी खड्कासँग रु १२ हजार, मीना सुनुवारसँग रु १९ हजार ठगेकी छन् । यस्तै, अन्य व्यक्ति सम्पर्कमा आउने क्रम जारी रहेको वृत्तले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!