काठमाडौँ, ५ चैत ।  ग्रामीण क्षेत्रमा रही स्वास्थ्य सेवामा तल्लिन स्वास्थ्यकर्मीलाई सम्मान तथा उनीहरुले भोगिरहेका समस्यालाई समाधान गर्ने ध्येयले नवौँ ग्रामीण स्वास्थ्यकर्मी सम्मेलन भोलिदेखि यहाँ आयोजना हुने भएको छ ।

राष्ट्रिय स्वास्थ्य तालीम केन्द्र र निक साइमन्स इन्स्टिच्यूटद्वारा आयोजित सो तीनदिने सम्मेलनमा ५४ जिल्ला ९९ स्वास्थ्यकर्मी (चिकित्सक, प्याराकेडिक्स, नर्स तथा बिएमइटी), सातवटै प्रदेशका निर्देशक तथा स्वास्थ्य मन्त्रालयका उच्च पदाधिकारीको सहभागिता रहनेछ ।

सम्मेलनमा निरन्तर मेडिकल शिक्षा, स्वास्थ्य मन्त्रालयका पछिल्ला नीति तथा नियमका विषयमा पनि छलफल हुने इन्स्टिच्यूटका निर्देशक डा अनिलबहादुर श्रेष्ठले जानकारी दिनुभयो ।

साथै सम्मेलनका क्रममा ग्रामीण क्षेत्रमा रही आफूले सेवा प्रवाह गर्दा आइपरेका चुनौतीलाई स्वास्थ्यकर्मीले पाँच कथाका रुपमा प्रस्तुत गर्नाका साथै उत्कृष्ट स्वास्थ्यकर्मीलाई निक साइमन्स अवार्ड, २०१७ समेत प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

इन्स्टिच्यूटले ग्रामीण क्षेत्रका स्वास्थ्यकर्मीलाई तालीम, स्वास्थ्य संस्थाको निर्माण तथा उपकरणमा आर्थिक एवं प्राविधिक सहयोग गरिराखेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!