पेरिस, फ्रान्स, ४ चैत । फ्रान्सले आइतबार क्रिमियाली प्रायद्वीपमा रसियाली राष्ट्रपतिका लागि भएको मतदानलाई मान्यता नदिने बताएको छ ।

रसियाले चार बर्ष पहिले क्रिमियालाई यूक्रेनबाट लिई आफ्नो भूभागमा जोडेपनि यसलाई पश्चिमी मुलुकहरूले गैरकानूनी भनेका थिए ।

Advertisement

फ्रान्सको विदेश मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी भनेको छ, “ रसियाली महासंघको प्रतिवद्धताका बाबजुद सीमामा बलको चुनौति दिइनु अन्तर्राष्ट्रिय कानूनको विपरित हो ।”

“फ्रान्सले रसियाली राष्ट्रपतीय निर्वाचनका लागि क्रिमियामा गराएको मतदानलाई मान्यता दिन सक्दैन, ” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, “रसियाली निर्वाचनले बेलायत तथा यसका सहयोगी र रसियाबीच पूर्वरसियाली गुप्तचरमाथि बेलायतमा भएको आक्रमणका कारण पछिल्ला दिनमा देखिएको विवादलाई छायामा पारेको छ ।”

हमलालाई लिएर तनाव चुलिरहँदा बेलायतले गत शुक्रबार २३ जना रसियाली कूटनीतिज्ञलाई निकाला गर्ने घोषणा गरेको छ भने यसको प्रतिक्रियामा शनिबार रसियाले २३ जना ब्रिटिश कूटनीतिज्ञलाई निष्कासन गर्ने घोषणा गरेको छ ।

पछिल्लो विवादको केन्द्रविन्दु अर्थात् हमलामा घाइते भएका पूर्व रुसी गुप्तचर सेर्गेइ स्क्रिपाल र उहाँकी छोरी युलिया अहिले पनि अस्पतालमा उपचार गराइरहनुभएको छ । उहाँहरूको अवस्था अझै पनि गम्भीर रहेको बताइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!