काठमाडौँ, ४ चैत ।  नेपाल प्रहरीले दीपक मनांगे भनिने प्रदेशसभा सदस्य राजीव गुरुङलाई ‘इन्टरपोल’मार्फत खोजी अभियान शुरु गरेको छ ।

प्रहरीले ज्यान मार्ने उद्योगमा संलग्न रहेको भन्दै मनाङ प्रदेश (ख)बाट स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित गुरुङ अदालतको आदेशपछि फरार छन् ।

Advertisement

नेपाल प्रहरीका प्रवक्ता मनोज नेउपानेले गुरुङको देश तथा विदेशमा खोजी भइरहेको जानकारी दिनुभयो । गत माघ २ मा सर्वोच्च अदालतले ज्यान मार्ने उद्योगमा उनलाई पाँच वर्ष कारागार सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको फैसला सदर गरेपछि उनी फरार छन् ।

प्रहरीले उनका नाममा अन्तर्राष्ट्रिय प्रहरी संगठनमा ‘रेड कर्नर नोटिस’ समेत जारी गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!