काठमाडौं, ४ चैत । बोक्सी आरोपमा निर्घात कुटिएकी राधा चौधरी बोक्सी प्रथाविरुद्ध लागेकी छन् । अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीका नाममा झन्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका–५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् ।
‘अन्तर्राष्ट्रिय महिला दिवसको दिन २४ फागुनमा बोक्सीको नाममा झण्डै ६ घण्टा कुटाइमा परेकी कैलाली घोडाघोडी नगरपालिका-५ देवकलियाकी १८ वर्षीया राधा शुक्रबार आफू कुटिएको गाउँमा पुगेर बोक्सी प्रथाविरुद्धको अभियानमा लागेकी हुन् ।’
स्थानीय भोलेबाबा भनिने रामबहादुर चौधरी, ममता भनिने किस्मती चौधरी, स्मारिका चौधरीलगायतले राधालाई दर्जनौं गाउँलेका अगाडि मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

कुटपिटपछि बेहोस भएकी राधालाई धनगढीस्थित सेती अञ्चल अस्पतालमा उपचार गरेर महिला पुनःस्थापना केन्द्र (ओरेक)को सेफ हाउसमा राखिएको छ ।
‘राधालाई शुक्रबार साँझ उनलाई बोक्सी आरोपमा कुटपिट गरिएको देवकलिया गाउँमा लगेर सम्मान गर्नुका साथै स्थानीयलाई जनचेतनामुलक फिल्म ‘अग्निदहन’ देखाइएको थियो,’ समाचारमा लेखिएको छ, ‘ठूलो संख्यामा उपस्थित भएका स्थानीयमाझ राधाले बोक्सी प्रथाजस्तो कुरीतिप्रथामा विश्वास नगर्न अनुरोध गरेकी थिइन् ।’ आजको राजधानी दैनिकमा यो खबर छ ।


















