काठमाडौँं, ३ चैत। विश्वकप छनोटको प्ले अफमा नेदरल्याण्ड्सले नेपाललाई १९० रनको लक्ष्य दिएको छ ।

टस जितेर ब्याटिङ रोजेको नेदरल्याण्ड्सले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर १८९ रन बनायो ।

Advertisement

नेदरल्यान्ड्सलाई मध्यम स्कोरमा समेट्ने क्रममा नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने ललितनारायण राजवंशी र सन्दिप लामिछानेले समान दुई/दुई र शक्ति गौचनले एक विकेट लिए ।

एकदिवसीय मान्यता पाइसकेको नेपालका लागि आजको खेल प्रतिष्ठाको लडाइँ मात्र हो । यद्यपि आजको नेपालको खेल एकदिवसीयमा पर्दैन । नेपालले पाएको एकदिवसीय मान्यता विश्वकप छनोट प्रतियोगितापछि मात्र लागू हुनेछ ।

अहिले नेपाल जवाफी ब्याटिङमा उत्रिएको छ । यो समाचार तयार पार्दासम्म नेपालले ७।३ ओभर खेल्दै एक विकेटको क्षतिमा १९ रन जोडेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!