एजेन्सी

रोम, २ चैत । संयुक्त राष्ट्रसंघको दिगो विकास समाधान नेटवर्क (सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्क) ले विश्व खुसी दिवसका अवसरमा गरेको सर्वेक्षणको सूची सार्वजनिक गरेको छ । यस शीर्षकमा पछिल्लो वर्ष पहिलो स्थानमा रहेको नर्वे यसवर्ष भने दोस्रोमा झरेको छ । सर्वेक्षणका अनुसार अहिले विश्वको सबैभन्दा खुसी मुलुक फिनल्यान्ड रहेको छ ।

यो मामिलामा नेपाल १०१ औं स्थानमा परेको छ । हाम्रो छिमेकी मुलुक भारत १३३ औं स्थानमा परेको छ । नेपाल बंगलादेश, भारत, श्रीलंका र म्यानमार भन्दा पनि बढी खुसी मुलुक देखिएको छ । तर दक्षिण एसियाली मुलुक भुटान (९७) स्थानको तुलनामा नेपाल पछि रेको छ । पाकिस्तान र चीन पनि नेपाल भन्दा बढी खुसी देखिएको छ । यी मुलुकहरु सूचकी क्रमशः ७५ औं र ८५ औं स्थानमा छन् ।

Advertisement

अमेरिका र बेलायतमा खुसीको मात्रा घटेको छ । १५६ देशको सूचीमा अमेरिका १८ औं बेलायत १९ औं स्थानमा कायम भएका छन् ।
विभिन्न देशको ६ कारणलाई आधार मानेर यो सूची तयार पारिएको हो । यसमा आम्दानी, स्वास्थ्य, जीवनशैली, सामाजिक सहयोग, स्वतन्त्रता, आड भरोसा तथा एक अर्काबीचको उदारता रहेका छन् ।

विश्वका सर्वाधिक खुसी पाँच मुलुकमा क्रमशः फिनल्यान्ड, नर्वे, डेनमार्क, आइसल्यान्ड, स्वीट्जरल्यान्ड रहेका छन् । यसपपछि क्रमशः नेदरल्यान्ड, क्यानडा, न्यूजिल्यान्ड, स्वीडेन तथा अस्ट्रेलिया शीर्ष १० को सूचीमा परेका छन् । अघिल्लो वर्ष फिनल्यान्ड पाँचौ स्थानमा थियो ।

सबैभन्दा कम खुसी देसमा रुवान्डा, यमन, तान्जानिया, दक्षिण सुडान, मध्य अफ्रिकी गणतन्त्र र बु्रनाई रहेका छन् ।
आप्रवासीको मामिलामा पनि फिनल्यान्ड सर्वाधिक खुसी देस देखिएको छ । ५५ लाख जनसंख्या भएको यो मुलुकमा ३ लाख आप्रवासी रहेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!