बुटवल, १ चैत ।  बुटवलमा जारीे २० औँ तिलोत्तमा गोल्डकप नकआउट फुटवल प्रतियोगिताको उपाधिका लागि नेपाल प्रहरी र थ्रीस्टार क्लव भिडने भएका छन् ।

आज भएको अन्तिम सेमिफाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई २–१ गोल अन्तरले पछि पार्दै थ्रीस्टारले फाइनलमा स्थान सुरक्षित गरेको हो । अब उसले उपाधिका लागि नेपाल पुलिस क्लबसँग खेल्नेछ । यी २ टिमबीच शनिबार भिडन्त हुने छ ।

Advertisement

आजको खेलमा अग्रता भने मनाङले लिएको थियो । २३ औं मिनेटमा विशाल राईको पासमा फ्लोरेनले गोल गरेका थिए । तर, यो खुसी धेरैबेर टिक्न सकेन । एक मिनेट बित्न नपाउँदै थ्री स्टारका बुद्ध चेम्जोङले बराबरी गोल गरे । पहिलो हाफकै ३८ औं मिनेटमा थ्रीस्टारले पाएको फ्रि किकमा निराजन खड्काले गोल गरे । दोस्रो हाफमा थप गोल हुन सकेन र थ्रीस्टार विजयी बन्यो ।

आजको खेलमा थ्रीस्टारकै बुद्ध चेम्जोङ म्यान अफ दि म्याच हुँदै रु ११ हजार १११ प्राप्त गरे ।

तीन विभागीयसहित १० टिम सहभागी प्रतियोगिताको विजेताले रु सात लाख ७७ हजार ७७७ तथा उपविजेताले रु चार लाख ४४ हजार ४४४ हात पार्नेछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!