काठमाडौँ, १ चैत । त्रिभुवन विश्वविद्यालयले पूर्वउपकुलपति डा गोविन्द शर्माको निधनमा शोक मनाउन शुक्रबार देशभरका आंगिक क्याम्पसमा बिदा दिने भएको छ ।

उहाँको रुसको सेन्ट पिटर्सबर्गमा कलेजोको शल्यक्रियापछि गए राति ७५ वर्षका उमेरमा निधन भएको हो ।
विसं २०५९ मा उपकुलपति हुनुभएका डा शर्माको शव आज काठमाडौँ ल्याई त्रिवि स्मृति भवनमा शोकसभा गरिएपछि शुक्रबारका लागि बिदा दिइएको रजिष्ट्रार डिल्लीराम उप्रेतीले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्वघोषित परीक्षाका कार्यक्रम भने यथावत् रहनेछ ।

Advertisement
सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!