काठमाडौँ, १ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकको सञ्चारगृहमा वैदेशिक लगानी बढ्दै गएको जनाउँदै यसबाट राष्ट्रियता र पहिचानमाथि खतरा थपिएको बताउनुभएको छ ।

मिडिया नेपालको दोस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा नेता थापाले संविधानमा प्रेस स्वतन्त्रता भनिए पनि सञ्चारमाध्यममा समाचार स्वतन्त्रता नरहेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्री थापाले भन्नुभयो, “पत्रकारिता क्षेत्रले आफ्नो गरिमालाई कायम गर्दै देश र जनतालाई तथ्यपरक समाचार सुसूचित गर्नुपर्छ ।’ अर्काे प्रसङ्गमा उहाँले अघिल्ला प्रधानन्यायाधीशले आफ्नो दललगायत देश र जनतालाई नोक्सान पुग्ने केही विवादास्पद निर्णय गरेको आरोप लगाउनुभयो ।

Advertisement

पार्टीका उपाध्यक्ष बुद्धिमान तामाङले सञ्चारकर्मीले राष्ट्रियता र प्रजातन्त्रको संरक्षणमा भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । महामन्त्री राजेन्द्र लिङ्देनले मुलुकमा भ्रष्टाचार संस्थागत भएका कारण विकास र समृद्धिमा अवरोध पुगेको बताउँदै प्रेसलाई बलियो बनाएमा मात्र सुशासन कायम हुने विचार व्यक्त गर्नुभयो ।

नेपाल पत्रकार महासंघका उपाध्यक्ष विपुल पोखरेल, प्रेस चौतारी नेपालका उपाध्यक्ष माधव नेपाल, नेपाल प्रेस युनियनका उपाध्यक्ष दीपक आचार्य, ब्रोडकाष्टिङ एशोशिएशन नेपालका अध्यक्ष गोपाल झा, मिडिया नेपालका सदस्य हेमबाबु लेखकलगायतले मुलुकमा साना लगानीका सञ्चारगृहलाई संरक्षण गर्न सरकारले सन्तुलित रुपमा विज्ञापन उपलब्ध गराउनुपर्ने र त्यसका लागि विज्ञापन प्राधिकरण गठन गर्नुपर्ने माग गर्नुभयो ।

मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले देशमा सञ्चारकर्म भौतिक र पेशागत रुपमा असुरक्षित रहेको र अव्यवस्थित भएकामा चिन्ता व्यक्त गर्नुभयो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!