काठमाडौँ, १ चैत । विश्वकप छनोटअन्तर्गत प्लेअफ खेलमा पपुवा न्यूगिनीले नेपाललाई ११५ रनको चुनौती दिएको छ ।

जिम्बावेको हरारेस्थित हरारे स्पोर्टस् क्लबको मैदानमा भएको खेलमा टस हारेर ब्याटिङ गरेको पपुवा न्यूगिनीले २७ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन बनायो ।

Advertisement

पपुवा न्यूगिनीका लागि चार्लस अमिनीले सर्वाधिक १९ रन तथा जासोन किलाले १५ रन बनाए । पपुवा न्यूगिनीलाई ११४ रनमा समेट्ने क्रममा नेपालका सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान चार/चार विकेट लिए भने करण केसी र सोमपाल कामीले एक/एक विकेट लिए ।
नेपाललाई एकदिवसीय मान्यता पाउनका लागि आजको खेल जित्नैपर्ने दबाब छ । नेपाल अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!