काठमाडौं, १ चैत । विश्वकप छनोटको प्ले अफमा नेपालले टस जितेको छ र पपुवा न्यूगिनीविरुद्ध फिल्डिङ रोजेको छ । अब पपुवा न्यूगिनी पहिले ब्याटिङ गर्नेछ ।

समूह चरणको अन्तिम खेलमा हङकङलाई हराएको नेपाल आज पनि जित निकाल्दै एकदिवसीय मान्यता पाउन चाहन्छ । तर, यसका लागि पपुवा न्यूगिनीलाई हराएर मात्र हुँदैन, नेदरल्याण्डले हङकङलाई हराउनु पर्ने हुन्छ ।

Advertisement

नेपाल र हङकङ दुबैले जितेमा भने सातौं स्थानका लागि हुने खेल पनि जित्नु पर्नेहुन्छ ।

हारले भने एकदिवसीय मान्यता पाउने बाटो बन्द हुनेछ भने डिभिजन टूमा घटुवा पनि हुनेछ ।

विश्वकप छनोटमा पपुवा न्यूगिनीले एक खेल पनि जितेको छैन । तर, ठूला टिमविरुद्ध सम्मानजनक प्रदर्शन गरेकाले नेपालले सहज रुपमा लिन नहुने देखिन्छ ।

उसको बलिङ र फिल्डिङ चुस्त छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!